मुख्यमन्त्री कार्यालयमा नाराबाजी गर्दा पक्राउ परेका ५ कर्मचारी छुटे
पाेखरा | भदौ २६, २०७९
फाइल तस्विर
पोखराः मुख्यमन्त्री कार्यालयमा नाराबाजी गरेर बिरोध गरेर पक्राउ परेका ५ कर्मचारी प्रहरी नियन्त्रणबाट छुटेका छन ।
जिल्ला प्रहरी कार्यलय कास्कीले सम्झाइ बुझाई गरेर उनीहरुलाइ छोडेको कास्की प्रहरीले जनाएको छ ।
प्रदेशले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्रदेशमा बढुवा हुन प्रतिस्पर्धा गर्नसमेत रोकेको भन्दै ब्यानरसहित नाराबाजी गर्न लागेपछि उनीहरुलाई मुख्यमन्त्री कार्यालयबाटै पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिकाका बित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल, चन्द्रकान्त तिमिल्सिना लगायत ५ जना रहेका थिए ।
उनीहरुलाई प्रहरीले नारा, जुलुस, धर्ना निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

